• २०८३ बैशाख ६ गते आइतवार

कांग्रेसलाई चुनावमा भाग लिएर ठूलो पार्टी बन्ने सपना नदेख्न बाबुराम भट्टराईको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ९, काठमाडौँ । जनता समाजवाली पार्टीका संयीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले घोषित निर्वाचनमा भाग लिएर ठूलो दल बनाउने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सपना भ्रम मात्र भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएर घोषणा गरेको निर्वाचनमार्फत ठूलो दल बन्छु भन्नु घरमा आगो लागेका बेला ठूलो खाटमा सुत्ने इच्छा गर्नुजस्तै भएको टिप्पणी गर्नुभएको छ ।

‘घरमा आगो लागेका बेला ठूलो खाटमा सुत्ने लालसा गर्नुजस्तै हो ओली–भण्डारीले संविधान च्यातेका बेला केही कांग्रेसी मित्रहरूले चुनावमा भाग लिएर ठूलो पार्टी बन्ने सपना देख्नु,’ डा. भट्टराईले बुधबार राति ट्विटरमा लेख्नुभएको छ, ‘त्यस्तो अवसर कांग्रेसलाई पञ्चायतकाल र ज्ञानेन्द्रको चुनावका बेला पनि त थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस