• २०८३ बैशाख १० गते बिहिवार

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ९, इलाम । इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ । इलाम सदरमुकाममा सञ्चारकर्मीको भेलाले जिल्ला तदर्थ समिति गठन गरेको हो । भेलाले रमेश पराजुलीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ ।

समितिका सहसंयोजकमा सुनिता खालिङ चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्य सचिवमा टीका खतिवडा तथा सदस्यमा भगीरथ भण्डारी, किरण पौड्याल, सुजाता सुनुवार, सोनु मुखिया, सुष्मा श्रेष्ठ र विक्रम सुन्दास चयन हुनुभएको छ ।

सूचनाको हकको प्रचलन, प्रवद्र्धन र सम्वद्र्धनसहित आम नागरिकलाई सूचना पाउने मौलिक हकबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले समिति गठन भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस