• २०८३ बैशाख ३० गते बुधवार

पुरानै खेमामा फर्किए शेरबहादुर तामाङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

पुस ९, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड-नेपाल समूहमा फर्किएका छन्। सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी भएका उनि फेरी पुरानै खेमामा फर्किएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरूको बैठकमा सहभागी तामाङ त्यसको भोलिपल्ट बोलाइएको केन्द्रीय कमिटी बैठकमा समेत उनी सहभागी थिए। उनले त्यही क्रममा उनले अविश्वासको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरूपयोग भएको समेत बताएका थिए।

तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए। उनले सामाजिक सञ्जालमा विज्ञप्ती सहित आफ्ना श्रीमाती उषाकला राई समेत पुन पुरानो खेमामा फर्किएको बताएका हुन ।

उनले विज्ञप्तीमा लेखेका छन ।

शेर बहादुर तामाङ्ग उषाकला राई
हाम्रो भनाई
मितिः २०७७ पौष ९
आदरणीय दिदिवहिनी दाज्युभाईहरु
मुलुकमा अहिले गम्भीर राजनीतिक परिस्थितिको श्रृजना भएको हामी सबैलाई अवगत नै छ । यो परिस्थितिको उत्पन्न हुनुमा हामी सबैमा रहेका असहिष्णु, असहयोगी, असमझदारी, अहंकार, अविवेकी र असंवेदनशीताका भावनाहरु नै कारक रहे । हाम्रो नेपाली समाजमा रहेको खुट्टा तान्ने प्रवृत्ति अत्यन्त हानीकारक छन् । कम वेशी सबैमा यो प्रवृत्ति हावी छन् । एकातिर काम गर्नेले काम गर्न पाईदैन, भने अर्कातिर काम नगर्ने प्रवृत्ति भएकाहरुको बोलबाला निर्णायक ठाउँहरुमा छन् । मुलुकको समृद्धि, विकास र जनजिविकाका कयौं मुद्दाहरु अझै ठिक ट्रयाकमा हिंड्न सकिरहेका छैनन् । गणतन्त्रको संस्थागत विकासको लागि गरिने कयौं कामहरु अझै बाँकी छन् । जनताद्वारा, जनताले, जनताका लागि गरिने उत्कृष्ट शासन व्यवस्था लोकतन्त्र हामी सबैका साझा विषय हुन् । यसमा कहिंकतैबाट प्रश्न उठ्ने कुरा शोभनीय होईन । लोकतन्त्रको रक्षा र विकासमा हामी सबै लाग्नु पर्दछ ।

यो गम्भीर परिस्थिति उत्पन्न हुनु अगाडि पार्टी नेतृत्वको एकताका लागि हामीद्वारा गरिएका निःश्वार्थ प्रयासहरु कुनै काम लागेनन्, यस अभियानमा लाग्ने पार्टीका सबै अगुवा मित्रहरुलाई हार्दिक धन्यवाद दिन चहान्छौं । एउटैपार्टीभित्र एताउता हुँदा जघन्य अपराध गरेको जस्तो हुनुपर्ने हामीले कुन संस्कार विकास ग¥यौं ? तसर्थ विगत केही दिनयता राष्ट्रमा घटिरहेको गम्भीर राजनीतिक परिघटनाहरुमा हाम्रा कारणले केही नेतागण र कार्यकर्ताहरुमा पर्न गएको पिडा र वेदना हामीले राम्रोसंग महशुष गरेका छौं साथसाथै आगामी दिनमा हाम्रा कारणले पूनः केही नेतागण र कार्यकर्ताहरुमा पर्न जाने दुःखद अनुभव समेत हामीले राम्रोसंग बुझेका छौं यी दुवै अवस्थाप्रति हामी माफी माग्न चहान्छौं । जिल्लाका कार्यकर्ताहरुमा पार्टीप्रति निष्ठाकासाथ एकताबद्ध भएर लाग्न हार्दिक आव्हान गर्दछौं ।

हामीले विकास गरेको नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलनमा यति ठूलो विग्रह न विगतमा भयो न भविष्यमा हुनेछ । पुनः सबैले आ–आफ्नो ठाउँबाट हामीमा रहेको कुण्ठित भावनाहरुलाई त्यागेर पार्टीलाई एकताबद्ध बनाउने काममा गम्भीर समिक्षा गरेर लागौं । विभाजनले कसैलाई फाईदा छैन । राष्ट्रको नेतृत्वदायी पार्टीहरुमा विग्रह हुनु र विभाजन हुनु निश्चय नै राष्ट्र र जनताका लागि पिडादायी कुरा हो । यसले सिंगै राष्ट्रलाई ठूलो असर पार्दछ ।

हामीले मुलुकको समृद्धिका लागि धेरै मित्रहरु र संस्थाहरुको अनुसन्धान पश्चात गाँजाखेतिलाई वैधानिक बनाउन संसदमा विधेयक दर्ता गरेका थियौं । साथसाथै नेपाली कोदोको रक्सिलाई ब्याण्ड होईन ब्राण्ड बनाउँ भन्ने अभियान संचालन ग¥यौं । समृद्ध नेपाल, सुखी नेपाली बनाउने महान अभियान नाराले मात्र होईन साँच्चै व्यवहारमा लागु गर्न धेरै अन्य विषयहरुमा समेत हामीले अनुसन्धान गरेका छौं । अगामी दिनमा यी विषयहरु प्नि नेपाली जनतामाझ लिएर आउने प्रतिवद्धता व्यक्त गर्दछौं । यी सबै विषयहरु लागु गर्न कार्यकारी भूमिकामा हुनुपर्दछ भन्ने पनि हामीले राम्रोसंग बुझेका छौं । संसदमा दर्ता रहेको गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसदको हिंउँदे अधिवेशनमा पास हुने कुरामा हामी विश्वस्त थियौं । नेपाल राष्ट्रले संयुक्त राष्ट्रसंघमा गाँजालाई हानिकारण लागु औषधको सूचिबाट हटाउने पक्षमा मतदान गरेर पारित समेत भैसकेको परिप्रेक्षमा हाम्रा लागि संसदको हिंउँदे अधिवेशन महत्वपूर्ण हुन सक्दथ्यो । तर दुर्भग्यवस संसद विघटन हुन पुगेको छ । यस परिप्रेक्षमा वर्तमान सरकारबाट गाँजाखेतिलाई वैधानिक बनाउने सम्बन्धी कानूनलाई अध्यादेश मार्फत भएपनि खुल्ला गर्ने अपेक्षा गर्दछौं । साथै कोदोको रक्सिलाई ब्रण्डिङ गर्ने कार्यको समेत शुभारम्भ हुने अपेक्षा गरिएको छ । यसकालागि हामीद्वारा गरिएका केही प्रयाशहरुलाई अन्यथा ढंगले नबुझिदिन समेत सबैमा अपिल गर्दछौं । हाम्रालागि पद गौण विषय हुन ।

यसविचमा धेरै उत्तरचढावहरु आउनेछन्, संसद विघटनको विषय सम्मानित अदालतले व्याख्या गरेपछिमात्र टुंगो लाग्नेछ । संसद पूनःस्थापना भए मुलुकको राजनितिक परिघटना पूनः अर्को कोर्षबाट हुनेछ भने पूनःस्थापना नभए मुलुक सार्वभौमसत्ता सम्पन्न जनताको हातमा रहेको छ । मुलुक पूर्णतः निर्वाचनको कोर्षमा जानु पर्दछ । हामीहरु आफ्ना अगाडी देखिएका चिजहरुलाई विश्वास नगरेर अनुमानहरु लगाउन धेरै खप्पिस छौं । तसर्थ यो गम्भीर परिस्थितिमा सबैले संयम र धैर्यता पूर्वक कृयाशील भई निराशाको खेति गर्न छोडेर आशावादिताको विउ रोप्न सबैमा हार्दिक अपिल गर्दछौं ।
“समृद्धि सम्भव छ, हाम्रै पहलमा !”
(उषाकला राई) (शेर बहादुर तामाङ्ग)
खोटाङ्ग सिन्धुपाल्चोक

Sharing

प्रतिक्रिया दिनुहोस