पौष ९, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको कच्छ जिल्लाको विघाकोट गाउँ नजिकै हाइब्रिड नवीकरणीय उर्जा पार्कको मंगलबार शीलान्यास गरेका छन् । गुजरातमा बन्ने भारतको सबैभन्दा ठूलो नविकरणी उर्जा उत्पादन पार्कको क्षमता २० गिगावाट हुने बताइएको छ ।

आफ्नो गृह राज्य भ्रमणको क्रममा प्रधानमन्त्रीले कच्छमा डिस्लिनेसन प्लान्ट र पूर्ण रूपले स्वचालित दुध प्रशोधन तथा प्याकिंग प्लान्टको पनि शिलान्यास गरेका हुन् । नवीकरणीय उर्जा पार्क ७२ हवार ६०० हेक्टरको क्षेत्रमा फैलिने छ । हावा र सौर्य ऊर्जा भण्डारणका लागि उक्त क्षेत्रलाई विशेष क्षेत्रको रुपमा स्थापना गरिएको छ । जसमा पवन पार्क गतिविधिहरूको लागि विशेष क्षेत्र छुट्याइएको छ ।
यहाँ समुद्री पानीलाई पिउन योग्य पानीमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका चाल्नेछ । प्रतिदिन १० करोड लिटर क्षमताको प्लान्टले ९१०० एमएलडी० गुजरातमा नर्मदा ग्रिड, सउनी नेटवर्कको पूरक र फोहोर पानी पूर्वाधारलाई पूरक बनाएर पानीको सुरक्षालाई मजबूत गर्नेछ ।
यो मुलुकमा दिगो र सस्तो जलस्रोत संकलनका लागि महत्वपूर्ण मानिएको छ । मुन्द्रा, लखपत, अब्दासा र नखत्राना तालुका क्षेत्रहरुमा करीव ८ लाख जनताले यस प्लान्टबाट सफा गरिएको पानी पिउन सुविधा पाउनेछन र यसले भचाउ, रापार र गान्धीधामको अपस्ट्रीम जिल्लाहरुमा पानी वितरणमा सहयोग पुग्नेछ ।
मोदीले कच्छको सरहद डेअरी अन्जरमा पूर्ण स्वचालित दुध प्रसंस्करण र प्याकेजिङ प्लान्टको पनि शीलान्यास गरेका छन् । १२१ करोडको लागतमा रहेको प्लान्टमा दिनको २ लाख लिटर प्रशोधन गर्ने क्षमता हुनेछ ।