• २०८३ जेष्ठ ६ गते बुधवार

नेप्से परिसूचक १८ सय नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौँ। आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको छ ।

नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ४९ हजार ७ सय ८३ कारोबारबाट १ सय ९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल समूह भनेर घटेर रातो देखिएको छ । होटल मंगलबार १.६५ प्रतिशत अर्थात ३४ दशमलव ९२ अंकले ओरालो लागेको छ । यो बाहेक अन्य सबै समूहहरु उकालो लागेका छन् ।

आज धेरै बढ्नेमा व्यापार समूह देखिएको छ । यो समूह १७२ दशमलव ६२ अंकले उकालो लागेको छ । बुधबार ८ वटा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा बोटलर्स नेपाल लिमिटेड बीएनटी देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस