• २०८३ असोज १५ गते बिहिवार

वीर अस्पतालका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर , ९ काठमाडौँ । आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन् ।

३६ औँ दिनसम्म पनि माग पूरा नगरेको भन्दै आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अस्पताल परिसरमा पदाधिकारीलाई निषेध लेखिएको कालो ब्यानर टाँगेका छन् ।

अस्पतालका निर्देशक, न्याम्सका उपकुलपति, रेक्टर, सहायक रेक्टरलगायतलाई अस्पतालमा प्रवेशमा रोक लगाएको चिकितसा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडवरीले बताए । चिकित्सक र कर्मचारीले जोखिम भत्ता पाउनुपर्नेलगायतका माग राखेर गत २८ कात्तिकदेखि दैनिक साढे १० देखि साढे ११ बजेसम्म अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना तथा आन्दोलन गर्दै आएका छन् ।

यसअघि गत २५ कात्तिकमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र पनि बुझाएका थिए । वीर अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघ, फ्याकल्टी डक्टर्स एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ संघ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन, अखिल नेपाल श्रमिक संघ हाल वीर अस्पतालमा आन्दोलनरत छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस