• २०८३ बैशाख २४ गते बिहिवार

प्रभु बैंकद्वारा ‘ईकेवाईसी’ सेवा सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौँ। प्रभु बैंक लिमिटेडले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.prabhubank.com मा लग इन गरी अनलाइन मार्फत केवाइसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्ण रुपमा हटेको छ ।

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहक महानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउने बैंकले पूर्ण विश्वास लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस