कार्तिक ८, एजेन्सी । घानमा ६ तले चर्चको भवन भँत्किदा २२ को मृत्यु भएको छ । घानाको पूर्वी क्षेत्रमा पर्ने शुक्रबार चर्चको भवन भँत्किदा अरु दर्जनौं घाइते बताइएको छ । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ ।
शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो । चर्चमा ६० भन्दा बढी संख्यामा मानिसहरु रहेका कारण थप अन्यको उद्धार कार्य भइरहेको स्थानीय समाचार एजेन्सीहरुले बताएका छन् । घटनामा अन्य धेरैको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि १८ जनाको मात्रै शव फेला पारिएकोमा पछिल्ला पटक थप ४ शव भेटिएपछि मृतकको संख्या २२ पुगेको स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन् ।