• २०८३ जेष्ठ २८ गते बिहिवार

मन्दिरमा १२ वर्षीया बालिका मृ’त अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, बझाङ । बझाङको मष्टा गाउँपालिका स्थित एक मन्दिरमा १२ वर्षीया बालिका मृ’त अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने १२ वर्षीया बालिका सम्झना कामीको श’व फेला परेको हो ।

बालिकाको बलात्कारपछि ह’त्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काका अनुसार बालिकाको श’व स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न रहेको अवस्थामा फेला परेको थियो । उनको कानमा लगाइएका मुन्द्री पनि छैनन् ।

ह’त्याको आशंकामा एक जनालाई प्रहरीले प’क्राउ गरेको छ । अहिले प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस