भाद्र ८, काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला १३ सय २० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।