• २०८३ मङ्सिर ३ गते बुधवार

मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका–८ मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीय जगदीशप्रसाद गुप्ताको घरमा बिहान विद्युत् सर्ट भएर आगलागी भएको हो ।

गुप्ताको घरमा मटिहानी नगरपालिका–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको किराना पसलमा बिहान ७ बजेतिर आगो लागेको र दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा निभाइएको हो ।

किराना पसलसँगै जोडिएका अरु चार वटा पसलमा पनि आगोले क्षति गरेको छ । आगलागीबाट झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Sharing

प्रतिक्रिया दिनुहोस