जेठ ११, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना वर्ष ३९ का पुरूषमा कोरोना संक्रमण पुष्टि भए संगै वडा नं. ३ शिल गरिएको छ । गाउँपालिकाले बिज्ञप्ती जारी गर्दै गाउपालिका वडा नं. ३ शिलगरिएको जानकारी दिएको हो ।
अति आवस्यक एम्बुलेन्स सेवा र स्वास्थ्य सेवा बाहेक अन्य सवारी साधनहरु नचलाउन, अनावस्यक रुपमा पैदल हिडडुल तथा भिडभाड गर्ने जस्ता कार्य नगर्न नगराउनहुन साथै ककनी गाउँपालिका वडा नंं ३ अन्र्तगतका सरकारी कार्यालय र संघ सस्थाहरु पुर्णरुपमा १० दिनका लागि शिल गरिएको विज्ञप्तीमा जनाइएको छ । आजै ककनी गाउँपालिकामा एकजना पुरूषमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पुष्टि भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए । ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ । कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेको बुझिएको छ ।
