जेठ ११, काठमाडौं । म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा घाँस काट्ने क्रममा आज बिहान करेन्ट लागेर मृत्यु एक महिलाको मृत्यु भएको छ । भोजपुर जिल्ला घर भई हाल उक्त स्थानमा बस्ने ५४ वर्षीय सीता राईको मृत्यु भएको हो ।
रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको प्रहररीले जनाएको छ ।
यस्तै कैलाली घोडाघोडी नगरपालिका–१० का ३३ वर्षीय जवरसिंह चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–१ स्थित सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका उनको आज बिहान तार सर्ट भइ करेन्ट लागेको प्रहरीले जनाएको छ । चौधरीलाई करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा इँटाभट्टाकै अर्का कामदार सुजन चौधरीसमेत घाइते भएका छन् । घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।