जेठ ११, जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधामबाट आईसोलेसन कक्षमा रहेका एक कोरोना संक्रमित व्यक्ति झ्याल तोडेर फरार भएका छन् । सर्लाहीका ४० वर्षिय मानसिक सन्तुलन गुमेको संक्रमित सोमबार विहानै अस्पतालको झ्याल तोडेर फरार भएको धनुषाका प्रहरी कार्यालयले जनाएको छ ।
उनि यस अघि पनि पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए । उनको हाल खोजी भइरहेको धनुषाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रादेशिक अस्पताल जनकपुरधामको विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी उपचाररत छन् ।