• २०८३ भाद्र ९ गते मङ्गलवार

बाँकेको कोहलपुरमा १२ बर्षकी बालिकाको बलात्कार, युवक फरार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १२, बाँके । बाँकेको कोहलपुरमा १२ बर्षिया एक बालिका बलात्कृत भएकी छन् । कोहलपुर १२ स्थित मसुरीखेतको जङगलमा बयर खान गएकी बालिकालाईं सोही ठाउँका ३० बर्षिय युवकले जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी परेको छ ।

युवक विरुद्व मुद्वा दर्ता भईसकेको कोहलपुर प्रहरी प्रमुख डिएसपी चन्दले जानकारी दिनुभएको छ । फरार रहेका उनलाई प्रहरीले खोजी कार्य तिव्र पारेको छ । शनिबार साँझ लगभग ५ बजेतिर सो घटना भएपनि रातिको ९ बजे सो घटनाबारे कोहलपुर प्रहरीले थाहा पाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस