• २०८३ बैशाख २८ गते सोमवार

संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।

इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस