• २०८३ बैशाख ८ गते मङ्गलवार

एक युवती मृत अबस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौँ। कोटेश्वर जडिबुटीस्थित न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने १८ वर्षीया युवती मृत फेला परेकी छिन् । जडिबुटी पुलसँगैको सुकुम्बासी बस्तीमा मनिषा परियारको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जडिबुटीमा रहेको न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने मनिषा सो खाजाघर सञ्चालक जयराम ठकुरी र सुस्मा तामाङसँगै बस्थिन् । काम्ने, उफ्रिने र तर्सिने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थालेपछि होटल सञ्चालकले गएराती परिवारको जिम्मा लगाएको प्रहरीलाई बताएका छन् । बुधवार विहान पुलछेउमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सोधपुछका लागी होटल सञ्चालक जयराम र सुस्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस