पौष ८, काठमाडौँ । केन्द्रीय कमिटीको विस्तारसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण सुरु गरेको छ । पार्टीले मंगलबारदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला सुरु गरेको हो । पार्टी केन्द्रीय कमिटी सदस्यमा मनोनितहरूलाई कार्यगत प्रशिक्षण संचालन हुने भएकोले निम्नबमोजिम जिम्मेवार नेताहरू खटिनुभएको छ ।
१. सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश- शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४. गण्डकी प्रदेश- टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५. वागमती प्रदेश- ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २.- ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।