मंसिर ८, काठमाडौँ। थप १९ सय ८० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ जना रहेको छ । मन्त्रालयका अनुसार आज ३ हजार ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख २ हजार ६७ सय जना रहेको छ । आज १६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ३७ जना पुगेको छ ।