मंसिर ८, काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनकी राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । नेकपा सङ्कट बढ्दै जाँदा उनीहरूबीच करिब आधा घण्टा छलफल भएको थियो ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार भेटमा चीनका राष्ट्रपति सी जिनपिङको किताब हस्तान्तरण, चाडबाडको शुभकामना आदान(प्रदान र चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको अन्तरसम्बन्ध र त्यसको पछिल्लो आयामबारे सामान्य छलफल भएको छ ।