• २०८३ जेष्ठ ८ गते शुक्रवार

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार पूर्वी सेक्टरअन्र्तगतको कोर ईलाका हर्दा दोभान नजिकै आइतबार राप्ती नगरपालिका–१ बस्ने ५५ वर्षीय सानुकाजी श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

उनी अनुमति तथा जानकारी बिना अनाधिकृतरुपमा निकुञ्ज प्रवेश गरेको पाइएको छ । यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्ज भित्र वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ। जसमा ३ जनाको बाघको आक्रमणबाट, १ जना गैंडाको आक्रमणबाट र १ जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस