• २०८३ असार ३ गते बुधवार

अमेरिकामा एकैदिन १ लाख ९१ हजार बढीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, एजेन्सी। अमेरिकामा विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ३३ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ८९ हजार १२ पुगेको छ ।

अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ ।तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ५२ हजार ४६० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ८५३ संक्रमितको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस