मंसिर ८, एजेन्सी । विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ४ हजार ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८२ हजार १८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २३७ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ७७ हजार ३९५ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।