• २०८३ जेष्ठ ६ गते बुधवार

नेकपाको सेरोफेरो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १० मिनेट

गणतान्त्रिक नेपालको पहिलो तीनै तहको चुनाबताका पूर्व नेकपा एमाले र एमाओवादी मिलेर नेकपा पार्टी गठन गरी झन्डै दुई तिहाई बहुमतको सरकार बनाएपश्चात सत्ताको बागडोर सम्हालेको नेकपाले विभिन्न कठीन परिस्थिती पार गर्दै आइरहेको छ । शुरुका दिनमा तात्कालिन एमालेका नेता, हालका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली र एनेकपा माओवादीका नेता तथा हालका पार्टी अध्यक्ष प्रचन्डवीच भएका सहमतीहरु के कति कार्यान्वयन भए या हुन बाकी छन भन्ने कुराहरु त प्रष्ट खाका थाह भइसकेको छ ।

जब देसमा कोभिडको महामारी चर्किन थाल्यो अनि नेकपा पार्टी भित्र पनि अझ खास गरि सचिवालयका केही शिर्षस्त नेताहरुमा नैतिकताको खडेरी लाग्न थाल्यो र कहिले सचिवालय बैठकको नाममा ब्यक्तिगत घरमा त कहिले होटेल पाटी प्यालेस अनि बालुवाटारमा । विभिन्न बहानामा सरकार गिराउने खेलमा बैठकहरु बस्नथाले ।

एउटा घर परिवार चलाउन त कति गार्हो हुन्छ भने यो त देस र पार्टी हाक्ने जस्तो कुरा बाहिर जे सोचिएको छ पक्कैपनि वास्तविकरुपमा धेरै कठीनाइका पहाडहरु चुनौतीकारुपमा तेर्सिन्छन नै । हाम्रोजस्तो अबिकसित देशमा बल्ल तल्ल राजनीतिक क्रान्ती सफल भएर गणतान्त्रीक नेपालको पहिलो तीनतहको सरकार गठन भयो र जनताले बिगतको इतिहासलाई मनन गरी राजनीतिकरुपमा कुनै एक पार्टीलाई बहुमतसहित सत्तामा पुर्याइयो भने दिगो शान्ती र बिकासको गति अगाडि बढछ भनेर नेकपालाई रोजेकै हुन । अनि बिकास र समृद्दी खोजेकै हुन । यसै अनुरुप सायद सरकार संचालन भएको दुई वर्षसम्म प्रधानमन्त्रीलाई हटाउन विशेष परिस्थितिबाहेक नमिल्ने भएकोले नै होला यो दुई वर्षको अबधिमा सरकारले विभिन्न दीर्घकालिन रणनीतिका बिकासका कामहरु अगाडि बढाइरहेको कुरा कसैमा छिप्न सकेको थिएन तर पछि गत साल डिसेमबरको अन्ततिर चीनको बुहानमा कोरोना भाइरसको प्रकोप बढेकोले यसको प्रभाव केही महिनापस्चात विस्वब्यापीरुपमा बढ्नथाल्यो र नेपाल पनि अछुतो रहेन । जस अनुरूप गतसाल चैत्र महिनादेखि नेपालमा पनि कोभिड १९ को रुपमा चिनिएको कोरोनाले सताउन थाल्यो र हाल यसको महामारी ब्यापकरुपमा बढिराखेको छ ।

पिएमको भनाई छः चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीले लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहा बाँकी रहन्छ ?

एकातिर सरकारले राज्य सत्ता संचालन तदरुकताकासाथ गर्ने, बिकासतिर ध्यान दिने, अन्तरास्ट्रिय सम्बन्धलाई मजवुत बनाउने, एकीकृत पार्टी सुदृढीकरणतिर ध्यान दिने, रोजगारीका अबसरहरुलगायत अन्य विभिन्न विधामा ध्यान दिनुपर्ने अनिवार्य दायित्व हुँदै गर्दा अर्कोतिर कोभिड १९ बिरुद्द लड्दै जनताको स्वास्थ्यका कुराहरु, आर्थिक पाटो, सामाजिक सद्भाव, बिकृती र बिसंगतीहरुलाई निरुत्साही गर्ने, देसको सीमाना ब्यबस्थापन आदि कुराहरुमा ध्यान दिनुपर्ने अबश्य हो । सरकारले केही विवादीत विषयवाहेक प्रयत्न गरेको पनि हो । यी कुराहरुमा सरकारको दायित्व जति छ त्यतिकै दायित्व सरकार निकट पार्टीको पनि हो । तर जब देसमा कोभिडको महामारी चर्किन थाल्यो अनि नेकपा पार्टी भित्र पनि अझ खास गरि सचिवालयका केही शिर्षस्त नेताहरुमा नैतिकताको खडेरी लाग्न थाल्यो र कहिले सचिवालय बैठकको नाममा ब्यक्तिगत घरमा त कहिले होटेल पाटी प्यालेस अनि बालुवाटारमा । विभिन्न बहानामा सरकार गिराउने खेलमा बैठकहरु बस्नथाले । जब नेताहरु विभिन्न सार्वजनिक कार्यक्रममा एकापसमा पोलापोलको स्थिती सृजना गर्दथे तब एकाधबाहेक देसभरका आम कार्यकर्ताको मनमा निराशाको बादल छाउथ्यो । सत्ता र शक्तिको लागि एक अर्कामा गुट र उपगुट बनाई घोच पेचका शब्द बाणहरु प्रहार भइ नै रहे र भदौ अन्तिम साताको स्थायी कमिटिको बैठको निर्णय कार्यान्वयन गर्दै अगाडि बढ्ने सहमती हुँदै गर्दा फेरि कर्णालीको मूख्यमन्त्री बिरुद्दको अबिस्वासको प्रस्ताव र संघिय सरकारले तीन मन्त्री हेरफेर गरेको घटनाले अहिले नेकपाको विवाद ग्याष्टृकको गाग्री भरिन लागेको अबस्थामा छ ।

यसै अनुरुप गत हप्ता मात्र बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचन्डले प्रधानमन्त्री बिरुद्दमा करिब १९ पृष्टको बिरोध पत्र नै जारी गरेपछि यसको प्रतिउत्तरस्वरुप प्रधानमन्त्रीले फेरि जवाफी हमला गर्ने पक्का नै छ र पिएमको भनाई छः मैले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु । तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन रु के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकमाथि विश्वास छैन ? त्यसरी नै दुई वर्षपछि आमनिर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरूलाई नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैंभरि सरकारका लागि दौडधुप ?

चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीले लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहा बाँकी रहन्छ ?

यसरी बैठक केही दिनका लागि स्थगित गरियो ।
यो किन भयो र एकीकृत पार्टीको टपदेखी बटम लाइनको गांठो मजवुत नहुदै फेरि किन चुडिने अबस्थामा पुग्यो त ?
१) शिर्ष नेताहरुको दम्भ,
२) धैर्यताको अभाव ,
३) एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्नु,
४) पार्टी पनि देस बिकासमा सरकारलाई सहयोग गर्नुको सट्टा विभिन्न गुट र उपगुटको जालो बुनी प्रतिपक्षको भूमिकामा मात्र सीमित हुनु ,
५) नातावाद, कृपाबाद,, परिवारबाद मौलाउनु,
६) स्वयंमता र धैर्यताको बाध टुट्नु,
७) पार्टीको आन्तरिक बिधान बमोजिम चुनाबी प्रकृया अर्थात आगामी महाधिबेसनको सामना गर्ने सामर्थ्य गुमाएर टिके प्रथा लागू गर्न खोज्नु ,
८) सरकारलाई करिब १५ दिन मात्र भनेपनी काम गर्ने वातावरण सृजना नगरी शिर्ष नेताहरु कोभिड नियन्त्रणमा अझ लाग्नुपर्नेमा संधै बखेडामा मात्र अल्झिन खोज्नु,
९) हामी दुई चार जना मात्र पार्टीको टाइगर हौ अरु आम कार्यकर्ता रैती मात्र हुन भन्ने भान हुनु,

कसै कसैलाई अतीतको भ्रस्टाचार जनताले खोतले भने झन खाडलमा परिन्छ बरु केही समय बांकी रहदै केही त रोकौ भन्ने खोपाको स्याउ, चर्पीको हाउले सताउनु न कि देस र जनताको चिन्ता होस ।

नेकपाको बिबाद समाधान गर्नको लागि समाधान : नेता तथा कार्यकर्तामा मितब्ययीता, त्यागको भावना, नैतिक धरातल मजवुत, नेतामा असल राजनैतिक संस्कार, बिद्दता, परामर्श, नेताले जनता र कार्यकर्ताको मर्म बुझ्ने कोसिस, एक हिउदले जाडो जादैन भन्ने कुरा बुझ्न जरुरी, सात पूस्ताको चिन्ता त्याग्नु, प्रधानमन्त्रीले पनि केही क्षेत्रसंग सम्बन्धित बिज्ञहरुलाई सल्लाहकार राख्न जरुरी, निश्चित अधिकारको बाडफाड गरेनुरुप आफ्नो कार्यको जिम्मेवारी बहन गर्नुपर्ने, हरेकको जीवनमा लागू हुने अनुशासनको पाठ सिक्नु जरुरी

यसरी नेकपाले सत्ता हातमा लिएपश्चात शुरुका दिनदेखि एउटा न एउटा बखेडामा अल्झि नै रहनुपर्यो । जसमा शुरुको बखेडा सरकारलाई बदनाम गराउन निर्मला हत्या कान्डको विशेष प्रपन्चमा दलाल बिचौलियाहरु रमाए अनि सरकारले पनि दिगो अडानकासाथ हत्यारा पत्ता लगाउन सकेन । रातारात प्रमाण मेटाउने काम भए, दोषी ब्यक्ति उम्कियोस भनेर विभिन्न छल कपटका बहानाबाजी गरियो । त्यस्तै नेकपा सरकार आउनुभन्दा पहिलादेखिकै चर्चामा रहेको वाइडबडी घोटला कान्ड त झन क्यान्सरकै रुपमा देखापर्यो । यस्तै यती, ओम्नीसँग सरकारले मिलेमतो गर्यो भनी जग्गा भाडाको विषयलाई लिएर विवादका स्वरहरु गुन्जीए । मन्त्रीमन्डल गठन सम्बन्धमा मेरा र आफ्ना भनी विवादित विषय नबनेको पनि होइन । वालुवाटार जग्गा कान्ड यो सरकारले पत्ता त लगायो तर नाइकेहरु को र कारवाही के भन्ने कुरामा अझै अल्झन छ ।

हाल कोरोनाको त्राससंगै मानिसमा देखिएको लापरवाही र सिर्जिएका बाध्यताको कडिलाई अध्ययन गर्ने हो भने अझै मानिसको आचरणमा खरोपना र ब्यबहारमा सुद्दता भएन भने जीवन जिउने कला नहुन सक्छ । तसर्थ अहिलेको यो विषम परिस्थितिमा सरकारले पनि नागरिकको कोरोना उपचार निशुल्क गर्नुपर्ने हुन्छ भने प्राइभेट अस्पत्तालले सर्वसाधारणबाट लुटेको नगद रुपैया फिर्ता गराउनु अनिवार्य छ । अरु देश कहाबाट कहाँ पुगिसके हाम्रो देशका लुटेराहरु भने कसरी सरकारको बदनाम गराउन सकिन्छ र जनताबाट कसरी पैसा असुल्ने भन्नेतिर मात्र ध्याउन्न छ । जिम्मेवार सरकारी निकायहरु पनि अझ जिम्मेवार भएको पाइएको छैन भने झन सरकारको जिम्मेवारी सम्हालेको नेकपा पार्टीमा यस्ता दैनिक बखेडा निस्किने हो भने देस समृद्दिको दिसातिर जाने आशा कसरी गर्न सकिन्छ ?

राम्रो काम गर्ने महात्मा गान्धी, अब्राहम लिंकन, बेनजिर भुट्टो, राजीव गान्धी, राजा वीरेन्द्र, मदन भण्डारी, भीमदत्त पन्तको हत्या गरियो । गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्री, लखन थापालाई फाँसी दिईयो । नेल्सन मण्डेलालाई २५ बर्ष जेल हालियो, बिपी कोईरालालाई २२ बर्ष जेल हालियो, आङ साङ सु की, पुष्पलाल, गणेशमान सिंहलाई बर्षौसम्म नजरबन्द र जेल हालियो । देवकोटा, गोपाल प्रसाद रिमाल, भूपी शेरचनलाई पागल घोषणा गरियो । त्यसैले आफूअनुकुल भएन भनेर तथानाम गाली गर्ने जन्मजात बिरोधी र स्वार्थीहरुको पछि नलागौ ।

अन्तमा समाधान के र सम्भव छ ?
अबश्य पनि अहिलेको नेकपाको बिबाद समाधान गर्नको लागि सम्भव छ र समाधान के हो भने, नेता तथा कार्यकर्तामा मितब्ययीता, त्यागको भावना, नैतिक धरातल मजवुत, नेतामा असल राजनैतिक संस्कार, बिद्दता, परामर्श, नेताले जनता र कार्यकर्ताको मर्म बुझ्ने कोसिस, एक हिउदले जाडो जादैन भन्ने कुरा बुझ्न जरुरी, सात पूस्ताको चिन्ता त्याग्नु, प्रधानमन्त्रीले पनि केही क्षेत्रसंग सम्बन्धित बिज्ञहरुलाई सल्लाहकार राख्न जरुरी, निश्चित अधिकारको बाडफाड गरेनुरुप आफ्नो कार्यको जिम्मेवारी बहन गर्नुपर्ने, हरेकको जीवनमा लागू हुने अनुशासनको पाठ सिक्नु जरुरी देखिन्छ ।

तसर्थ अहिले नेकपाले के कुरा बुझ्न जरुरी छ भने “मौका आउंछ पर्खिदैन, बगेको खोला फर्किदैन” भनेजस्तो क्षणिक लाभतिर होइन कि जनताले दिएको सत्ता संचालनको अधिकारलाई पूर्णरुपमा निश्पक्ष तरिकाले पालना गरि पार्टीलाई फुटको संघारमा लगेर आम कार्यकर्ता र जनतालाई निराशा बनाउने भन्दा पनि शक्ति केवल सचिवालयमा मात्र केन्द्रीत नभै आम कार्यकर्ताको भावना के छ बुझेर गुट र उपगुटको खेतीमा नलागी बिदेसी शक्ति केन्द्रलाई वास्ता नगरी देसमा भएका जल, जमिन, जङल, जडिबुटी, जनावरहरुको सहि सदुपयोगतिर समय छदै लाग्नु नै आम जनताको लागि भलाई होला अन्यथा करिब तीन करोड जनता भएको मुलुकमा करिब सय भन्दा बढी राजनीतिक पार्टी, प्रत्येक पार्टीका अध्यक्ष, अथवा सभापति, महामन्त्री या महासचिवलगाएत विभिन्न पद, पार्टीको नेता भएको हैसिएतले राज्यले दिन चाहेमा प्रदान गर्ने सेवा सुबिधाहरु आदि कारणले जनता उपेक्षित त हुन्छन नै । तर जब स्वास्थ्यसंग सम्बन्धित कुराहरुमा सर्वसाधारण गरिब जनताहरुको पहुँच हुदैन तब एउटा गरिब अस्पत्तालको बेडमा मृत्युको पर्खाइमा छटपटाइरहेको हुन्छ । अनि जीवनमा मानिस भएर बांच्नुको पीडा त्यहा देखिन्छ । सरकार जति बहुमतको भएपनि कागलाई बेल पाक्यो हर्ष न बिष्मात हुन्छ जनताको लागि ।

त्यसैले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रीज्यू साथै अर्का नेकपा अध्यक्ष प्रचण्डज्यू , तपाइहरु नेकपाको मात्र सारथी होइन । देशको सारा जिम्मेवारी र अन्तरास्ट्रियस्तरको सारा जिम्मेवारीहरु तपाइहरुको कांधमा छ । सारा जनता र कार्यकर्ताहरु शिर्ष नेतृत्व मिलेर जाउन भन्नेमा छन । तपाइहरु हरेस नखानुहोस।

राम्रो काम गर्ने महात्मा गान्धी, अब्राहम लिंकन, बेनजिर भुट्टो, राजीव गान्धी, राजा वीरेन्द्र, मदन भण्डारी, भीमदत्त पन्तको हत्या गरियो । गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्री, लखन थापालाई फाँसी दिईयो । नेल्सन मण्डेलालाई २५ बर्ष जेल हालियो, बिपी कोईरालालाई २२ बर्ष जेल हालियो, आङ साङ सु की, पुष्पलाल, गणेशमान सिंहलाई बर्षौसम्म नजरबन्द र जेल हालियो । देवकोटा, गोपाल प्रसाद रिमाल, भूपी शेरचनलाई पागल घोषणा गरियो । त्यसैले आफूअनुकुल भएन भनेर तथानाम गाली गर्ने जन्मजात बिरोधी र स्वार्थीहरुको पछि नलागौ । आफ्नो हैसियत र पृष्टभूमी दुबै नेताले नबिर्सनु नै राम्रो ।

देश र जनताको हितका लागि सत्य बोल्न नडराऔं, किनकि सत्य बोल्ने न्यूटन, ग्यालिलि, आईस्टाईन, डार्बिन, हकिंन्सलाई पनि अनेक यातना दिईयो, देशद्रोही घोषणा गरियो । तर सत्य बुझ्दै गएपछि पुरै संसार उनीहरूकै पछि लाग्न थाल्यो । यसरी नै विश्व इतिहासलाई नै चकित पारेको नेपालको कम्युनिस्ट आन्दोलन र यसले हाता पारेको उपलब्धिबाट आज देसी बिदेसी शक्तिहरुमा रिस र आबेगको तुवालो लागेकोले नै कम्युनिस्टलाई कसरी फुटाउने भन्नेतिर मात्र ध्यान छ न कि सर्वहारा वर्गको लागि बिकास र समृद्दी १ अझ गत सनिवारको चितवन घटनाले त नेताले पार्टी फुटाउने हो भन्दै गर्दा, फुटाउनु हुदैन भन्ने कार्यकर्तालाइ कारवाहीको माग गरिनुले के नेकपाको अतीतको एकीकरणको साख रहला वा नरहला त्यो समयले बताउदै जानेछ ।

त्यसैले राजनीतिमा एकल यात्री कहिलै बन्ने कोसिस नगरौ । अहिले देस र जनताको माग र समाजबादी दिशा अबलम्बन गर्न नेकपाको यात्रा एकल होइन बहुल नै आबश्यक छ र देसमा आज सारा जनताले चाहेको कुरा भ्रस्टाचारको अन्त्य भइ देस समृद्दीको यात्रामा लम्कियोस भन्ने नै हो र जनताको आशा र भरोसाको पात्र पनि नेकपाकै नेता भएकोले अब आगामी गन्तव्य दिसाहीन बनाउने कि सुनौला अक्षरले ईतिहास लेख्ने वा सत्ता हस्तान्तरण र पुस्तान्तरण सम्बन्धमा व्यापक कुरा उठेकोले नयाँ युवालाई जिम्मेवारी दिइ आफुहरु सल्लाहकारमा बस्ने त्यो तपाइहरुकै हातमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस