मंसिर ८, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न रहेका छन । तपाईहरु पनि केही कार्यक्रम गर्न चाहनुहुन्छ भने हामीलाई खबर गर्नुहोस । हामी तपाईको कार्यक्रमबारेमा जानकारी दिनेछौं । हामीलाई खबर गर्ने ठेगाना ट्वान्टीफोर नेपाल मिडीया प्रा. लि, बालाजु १६, काठमाडौं । हाम्रो जिमेल ठेगाना khabar24nepal2075@gmail.com
१.प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन र इलाममा सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्न पूर्वी नेपालका ताप्लेजुङ र इलाम भ्रमणमा जाने ।
समय :- ८:०० बजे ।
२.सडक विस्तार पिडित संघर्ष समिति ले नेपालको संविधन,ऐन कानून र सम्मानित सर्वोच्च अदालतको आदेश विपरित बालाजु बाइपासमा भईरहेको गैर न्यायिक सडक विस्तार विरुद्ध दोस्रो दिन रिले अनसन बस्ने ।
स्थान :- बालाजु बाइपास ।
समय :- १०:०० बजे देखि १६:०० बजे सम्म ।
३.वीर अस्पतालमा कार्यरत कर्मचारीहरूले स्वास्थ्यकर्मी लाई काेभिड सामाग्री पूरा गर तथा खाई पाई अाएकाे सुविधा दे भनी पदाधिकारी विरुद्ध अस्पताल प्राङ्गणमा धर्ना तथा नारा जुलुस गर्ने ।
स्थान :- वीर हस्पिटल ।
समय :- १०:०० बजे देखि १२:०० बजे सम्म ।
४.शाही शक्ति नेपाल ले आगामी समारोह र शक्ति प्रदर्शन कार्यक्रम साथै आन्तरिक रणनीति बिषयमा छलफल गर्ने ।
स्थान :- न्यु गोधुली क्याफे, कोटेश्वर (खरिबोट केएफसी को छेउमा )
समय :- ११:०० बजे ।
५.नेकपा माओवादी केन्द्र को केन्द्रिय समितिको बैठक बस्ने ।
स्थान :- जोरपाटी ।
समय :- नखुलेको ।
६.प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह) ले ७ औं पार्टी पुनर्गठनको दिन देशभर उत्सव मनाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
७.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि असोज २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।
८.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।