मंसिर ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका हनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । जसका प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । भने, देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
साथै, देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौको आज बिहान ६ बजेको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ ।