असोज ७,काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.महिला तथा सामजिक समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- ११:०० बजे ।
२.बिकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- ११:०० बजे ।
३.त्रि.बि.बि शिक्षण अस्पताल महाराजगंजका पुर्व प्रा.डा.गोविन्द केसीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी मिति २०७७/५/२९ गते देखी बसेको अनशन जारी रहेको । (मिति २०७७/०६/६ गते १८:३५ बजे देखि त्रिवि शिक्षण अस्पतालकाे इमर्जेन्सीमा उपचार गराइ रहेको ।)
४.संस्थागत बिधालय शिक्षक युनियन राष्ट्रिय समिति (ISTU) ले विभिन्न माग राखि असोज ५ गते देखि ९ गते सम्म सबै महानगरपालिका,उप-महानगरपालिका,नगरपालिका र गाउँपालिकाहरूमा ज्ञापनपत्र बुझाउने र प्याब्सन,एन प्याब्सनका सबै तहहरूमा स्मरण पत्र बुझाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
५.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
६.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।