• २०८३ भाद्र २३ गते मङ्गलवार

थापाथलीस्थित प्रसूति गृहका ३ चिकित्सकसहित ८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ७ ,काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहमा कार्यरत ३ चिकित्सकसहित ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार संक्रमितहरु मध्ये २ जनालाई टेकु अस्पतालको आइसोलेसनमा र बाँकी ६ जना संक्रमितहरु होम आइसोलेशनमा राखिएको छ ।

संक्रमितहरु सबै अस्पतालमै रहेका फार्मेसी, प्राविधिक, सुरक्षागार्ड, केही नर्स र अस्पताल भित्र संचालित बैंकका कर्मचारी समेतलाई संक्रमण भएको पाइएको स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस