भाद्र ७ , काठमाडौँ । विप्लव समूहका तत्कालीन सैन्य कमाण्डर जीवन लामा जमीको समूह जनता समाजवादी पार्टी ९जसपा०मा प्रवेश गरेको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्तिमार्फत बताएका छन् ।
लामासँगै प्रल्हाद फुयाँल, गोपाल जिम्बासहितका ८८ जना नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । शान्तिपूर्ण राजनीतिमा आएका नेताहरुलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको भनाइ छ ।