श्रावण ८, काठमाण्डौं । काठमाण्डौंको बाफलमा एक जना युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा स्थायी घर भएकी २२ वर्षीय युवतीमाथि बाफलमा एसिड प्रहार भएको हो ।
एसिड प्रहार गर्ने युवा फरार रहेको र खोजी कार्य जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले बताए । एसिड प्रहारबाट घाइते युवतीलाई कीर्तिपुर अस्पताल लगिएको छ ।