• २०८३ असोज १३ गते मङ्गलवार

डडेल्धुरामा जंगलमा प्रहरी जवान मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, डडेल्धुरा। डडेल्धुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ को स्थानीय जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ।

उनी जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएको खुलेको छ। श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो।

खोजीका क्रममा उनी मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस