भ्रष्टचार ले भरीएको सहर देख्छु,
श्रमिकको रगत चुस्ने रहर देख्छु।
मानव बिहिन छन मान्छे समुदाय,
मिठा कुराभित्र भरेकै जहर देख्छु।
मान्छेले भन्छन उदाउँछ शूर्य यहाँ,
मैले अन्धकार भरी दोपहर देख्छु।
कहिले त हाँसो लाग्छ रुपिया हेर्दा,
पुँजिवादले जन्माएकै कहर देख्छु।
गरीब को जिन्दगी पसिनाको धारा,
संग्लेर बनेकै आँसु को नहर देख्छु।
रगत चुस्ने सोशक तैयार हुँदा पनि,
बल्छिमै पर्ने मज्दूरको लहर देख्छु।