• २०८३ जेष्ठ २१ गते बिहिवार

कार्यभार सम्मालेदेखि पर्सा जिल्लाको मुहार फेरियोः एसपी पन्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ८, पर्सा । पर्सा प्रहरीले ६ महिनाको अवधिमा ३ करोड २ लाख ५९ हजार ३ सय ३२ रुपैयाँ बराबरको तस्करीको सामान सहित ३५ जना तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही समेत गरेको छ । पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाय तोकेको र बिभिन्न मुद्दामा फरार रहेका ५३ जनालाई प्रहरीले पक्राउ गरि ५ लाख ७३ हजार ७ सय २७ रुपैयां जरिवाना असुलि गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखि श्रावण महिनाको पहिलो सातासम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा , सुट सुटिङ, हाडवेयर, मरिच, मोटर , छोकडा लगायतको अवैध समानहरु भन्सार छलेर नेपाल भित्र्याउदै गरेको ४ करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ । त्यस्तै ८२ लाख १४ हजार, ८ सय ६५ रुपैया सहित हुण्डी कारोवारमा संलग्न रहेको १७ जना श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयवाट मुद्धा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

पर्सा प्रहरी उपरीक्षक पन्तको कार्यकालमा जिल्ला प्रहरी कार्यलय पर्सामा जम्मा १०८१ मुद्धा दर्ता भएको छ भने अहिलेसम्म ७८४ मुद्धा र्फछौट भएकोले पर्सा जिल्लाको पहिलो प्रहरी उपरीक्षक पन्तको कार्यशैलीले पर्साबासी निकै खुशि रहेको जानकारहरु बताउछन । एसपी पन्त पर्साका प्रहरी प्रमुखमा २०७६ साल माघ २३ गते कार्यभार सम्माले देखि तस्करीको सामान धमाधम पक्राउ गरि बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका महिला एसपी हुन् । एसपी पन्तले लकडाउनलाई सफल पार्नेको लागि १८र १८ घण्टा आफै डियुटि गरि लकडाउनको पालना गराई सफल बनाएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा सञ्चालित अभियानले अहिले वीरगञ्जको सौन्दर्य बढ्नुका साथै मुहार समेत फेरिनेमा अभियन्ताहरु विश्वस्त छन् । त्यसै गरि एसपी पन्तले हरेक महिनामा प्रहरीसंग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गर्ने गरेकी छन ।

जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक पन्त प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गरेको बताइन् । प्रहरी उपरिक्षक पन्त भन्छिन्ः आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्मालेदेखि बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरिन । प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनि सोही गरेको उनले बताइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस