असार ९, बाजुरा । जिल्लाको बुढिगंगा नगरपालिकाको वडा नम्बर चारको क्वारेन्टाईनमा बस्दै आएका ८ जनाले मदिरा सेवन गरी होहल्ला गर्दै क्वारेन्टाईन छोडेर घर गएका छन् । बुढिगंगा नगरपालिका वडा नंम्बर चारको भुक्तोलि प्राबिको वारेन्टाईनमा बस्दै आएका २० जनामा ८ जनाले मदिरा सेवन गरी गालि गलोज गर्दै क्वारेन्टाईन छोडेर घर गएका स्थानीय धुर्ब खातिले जानकारि दिनुभएको छ ।
आरडिटी पोजेटिभ आएर क्वारेन्टाईनमा बस्दै आएका २० जनामा ८ जना घर गएका हुन । मदिरा सेवन गरि मात्तिदै आएपछि गाउलेले सम्झाउन खोज्दा उल्टै गाउले संग जाई लागेका छन् । सोही क्रममा स्थानीय र क्वारेन्टानबाट निस्केकाहरुको झडप भएको छ । झडपका क्रममा स्थानीय बिस्नु खाती घाईते भएका छन् । उक्त बिषयमा वडाबाट बुझ्न खोज्दा वडा अध्यक्ष भने सम्पर्कमा नआएको बुझिएको छ ।