• २०८३ बैशाख १३ गते आइतवार

राष्ट्रियसभा बैठक : प्रतिलिपि अधिकार विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त प्रस्ताव पेश गरेका थिए ।

राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ पारित गर्ने तयारी गरिए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीबाट हटाइएको जानकारी दिएका थिए ।

 

Sharing

प्रतिक्रिया दिनुहोस