कोभिड-१९को नियन्त्रणको लागि देश लकडाउनमा छ । तर अर्घाखाँचीमा भने सांसद ,स्थानीय तह, जिल्ला प्रशासन बाटै उल्लंघन भएको छ । जुन एकदमै गलत र गैरजिम्मेवार पुर्ण कार्य हो । बैशाख ९ गते सम्म लकडाउनको पुर्ण कार्यनयन भएको जिल्ला १० गते भने उल्लंघन हुन पुग्यो ।
काठमाडौका विभिन्न चोकमा भिडभाड सहित जम्मा गरायर ४०० जना ब्यक्तिलाइ सासद, केही समाजसेवी ब्यक्तिहरुको पहलमा गाडिको प्रबन्ध सहित पठाउने काम भयो । जुन नेपाल सरकारले जारी गरेको लकडाउनको विरुद्धमा थियो । कोरोना नियन्त्रणको सट्टा जोखिम बढाउने काम भयो । काठमाडौंमा खान बस्नको समस्या परेका व्यक्तिहरुको पहिचान गरि खाने बस्ने प्रबन्ध गर्दिनुको सट्टा गाडिको प्रबन्ध गरेर पठाउनु गैरजिम्मेवार कदम हो ।
यसरी काठमाडौ बाट ठूलो संख्यामा मान्छे जिल्लामा भित्रिने भए पछि जिल्ला प्रशासन कार्यलयमा सर्वदलिय बैठक बसि आएका मान्छेहरुलाइ आ-आफ्नो स्थानीयतहमा स्थानीय तहले क्वारेन्टाइनमा राख्ने निर्णय गर्यो । तर स्थानीय तहका जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा राख्नुको सट्टा आ-आफ्नो घरमा पठाउने काम गरे जुन गैरजिम्मेवारपुर्ण कार्य हो । बाहिरी जिल्लाहरुबाट आएका व्यक्तिहरुलाइ अनिवार्य रुपमा क्वारेनटाइनमा राख्नु पर्ने भएता पनि जनप्रतीनिधिहरु आफ्नो जिम्मेवारिबाट भाग्ने काम एकदमै गलत छ । आएकाहरुमा कोरोना सन्क्रमण नहोला र नहोस् पनि । तर यहि आयकाहरु मध्ये कोहि एकजना मात्र पनि सन्क्रमित रैछ भने त्यसले अर्घाखाँचीमा ठूलो क्षति नपुर्याउला भन्न सकिन्न । बिश्वनै कोरोना विरुद्ध लडिरहेको बेलामा यसरी गैरजिम्मेवार बन्नुले स्थानीयतहका जनप्रतिनिधिहरुको के को लागि ? ,
कस्को लागि भन्ने प्रश्न उब्जाएको छ । काठमाडौ बाट आएका व्यक्तिहरुले नै हामी क्वारेनटाइना बस्छौ , हामी क्वारेन्टाइनमा बसेर चेक गरेर मात्र घर जान्छौ भन्नू पर्नेमा त्यसो नगरी घर घर जान खोज्नु र खुरुखुरु घर पठाउने स्थानीय तह दुबै मूर्ख र गैरजिम्मेवार हुन्न । हामिले यती क्वारेन्टाइन बनाएका छौ भन्दै मिडियामा प्रचारबाजी गरिरहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाइ आम अर्घाखाँची बासी प्रश्न गरिरहेका छन् तिनी क्वारेन्टाइन कस्का लागि हुन् ? कुन प्रयोजनको लागि हुन् ? कि बनाइम भनेर मिडियामा प्रचार गर्न र खर्च देखाउनको लागि मात्र हो ? दिन दिनै रेडियोमा कोरोना नियन्त्रणको लागि खोलिएको कोषमा रकम जम्मा गरि सहयोग गरिदिनुहोला भन्दै जम्मा गरेको पैसा कुन समयको लागि हो ?? कुन प्रयोजनको लागि हो ?? आफ्नो जनतालाइ क्वारेन्टाइन समेत राख्न नस्क्ने स्थानीय तहले कोरोना नियन्त्रणको लागि के गर्न सक्छन् ? यी प्रश्नहरुको उत्तर त स्थानीय तहले दिनै पर्ने छ । त्यो भन्दा पहिले कोरोना रोकथामको लागि केन्द्र सरकारको निर्देशन बमोजिम कडाइका साथ काम गर्न जरुरी छ ।
स्थानीय र प्रदेश सरकारले समयमै सतर्कता नदेखाएको र लापरबाही गरेको कारण उदयपुरको भुल्के आज नेपालको “कोरोना इपिसेन्टर” बन्दै छ। तर पनि अर्घाखाँचीको प्रशासन, स्थानीय सरकार किन लापरबाही गर्दै छन्? यो घटनाले आफ्नो अनुशासनमा बसेको गाउँ र समाजलाई आतंकित गरेको छ । यस्तो गर्ने व्यबहार जो कसैले गर्छ भने, त्यो अक्षम्य अपराध हो । अर्घाखाँचीलाई कोरोना भाइरसबाट जोगाउन सक्ने वा नसक्ने कुरा अब हाम्रै हातमा आएकोछ भन्ने कुरामा हामी कत्तिको सचेत भएका छौं ?समयमै ख्याल गरौं ,जिम्मेवार बनौ । पछि पछुताउनुको केही अर्थ हुनेछैन !