काठमाडौँ, ९ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।

आज बिहीबार २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।