• २०८३ जेष्ठ २८ गते बिहिवार

मोटरसाइकल पल्टिँदा एक जनाकाे मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 माघ , ९ भक्तपुर । भक्तपुरको चाँगुनारायणमा मोटरसाइकल पल्टिँदा एक जनाकाे मृत्यु भएकाे छ ।

बुधबार राति चाँगुनारायण नगरपालिका २ काे महाङ्कालमा बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का २० वर्षका गणेश वयलकोटीको मृत्यु भएको  प्रहरीले जनाएकाे छ ।

दुर्घटनापछि घाइते भएका वयलकोटीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस