• २०८३ जेष्ठ ३ गते आइतवार

सुखीपुर नपा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि प्रेसर कुकर बम फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ०७, सिरहा । सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ । कार्यालय खुलेपछि सरसफाइ गर्ने समयमा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारका अनुसार बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि सिल गरेको थियो । उनका अनुसार अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्छ ।

फेला परेको बम निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र निष्क्रिय पार्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ । कार्यालय बन्द रहेकाले को कति बेला कसरी बम कार्यालयमा राखियो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारले जनाए ।

Sharing

प्रतिक्रिया दिनुहोस