• २०८३ बैशाख ५ गते शनिवार

आफनै सरकार ढाल्ने योजना बनाएर प्रचण्डले अनैतिक काम गरे: नेता रायमाझी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी विभाजन गराउने अनैतिक काम गरेकाले साथ छोडेको बताएका छन ।

वालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै रायमाझीले आफ्नै सरकार गिराउन भूमिका खेलेर प्रचण्डले पार्टी विभाजन गराएको आरोप लगाए । पहिलो वक्ताको रुपमा बोल्दै रायमाझीले भने, ‘सरकारलाई घेराबन्दीमा पारेर, आफनै सरकार ढाल्ने योजना बनाएर प्रचण्डले अनैतिक काम गरे, प्रचण्डले पार्टी बिभाजन गराए पछि अनैतिक मान्छेसँग बस्नु हुदैँन भनेर मैले प्रचण्डको साथ छाडेको हुँ। ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठक बालुवाटारमा जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस