पुस ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्य थपेका छन्। मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको भेलामा ११९९ जना महाधिवेशन आयोजक समिति बनाउने भन्दै तत्काल ५५६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेका हुन्।

नेकपामा अहिले ४ सय ४६ जना केन्द्रीय सदस्य छन्। केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो उनले मनोनयन गरेका थिए। १ सय ९७ जना पछि थप्ने गरी ओलीले महाधिवेशन आयोजक समिति बनाउने योजना बनाएका छन्। मनोनित सदस्यहरूले आजै पद तथा गोपनीयता सपथ लिएका छन्।