• २०८३ बैशाख १६ गते बुधवार

कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, सिरहा । कोरोना भाइरस सङ्क्रमणका कारण आइतबार सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस