मंसिर ७, बुटवल । बुटवलमा आइतबार साँझ टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु २ ख १९०५ नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु भएको हो ।
ट्राफिक कार्यालय बुटवलका अनुसार टिप्परले नयाँ बसपार्क अगाडी ठक्कर दिँदा लु ११ प ४२१६ नम्बरको मोटरसाईलकमा सवार पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका ५० वर्षीय मानबहादर सोतीको मृत्यु भएको हो । ठक्करबाट घाईते सोतीको उपचारका लागि नजिकैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाँदै गर्दा मृत्यु भएको हो । ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।