मंसिर ७ , काठमाडौँ। थप १६ सय ६९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षण गर्दा थप १६ सय ६९ जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५६ सय ९९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ९९ हजार २४ सय जना रहेको छ । आज १६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय २१ जना पुगेको छ ।