• २०८३ असोज २७ गते मङ्गलवार

सप्तरीमा हात्ती मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा जङ्गली हात्ती मृत फेला परेको छ । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो । हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ । यस्तै हात्तीको अन्य कुनै भागमा चोटपटक देखिएको छैन ।

आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस