• २०८३ कार्तिक १ गते शनिवार

बार्सिलोनाको हार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई हराएको छ । शनिबार रातिको खेलमा डिएगो सिमोन नेतृत्वको एट्लेटिकोले बार्सिलोनालाई १–० ले हराएको हो ।

बार्सिलोनाविरुद्ध जित निकालेको एट्लेटिको नयाँ सिजनमा अपराजित छ । उसले सबै प्रतियोगिताका २४ खेलमा अपराजित यात्रालाई कायम राखेको छ । ला लिगाका ८ खेलमा बार्सिलोनाले तेस्रो हार ब्यहोरेको छ । एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयमा इानिक कारास्कोले विजयी गोल गरेका थिए । एट्लेटिकोले बार्सिलोनासंग ९ अंकको अग्रता समेत लिएको छ । बार्सिलोना ११ अंक सहित तालिकाको दशौं स्थानमा छ ।

बार्सिलोनाका लागि शनिबार रात खराब रह्यो । बार्सिलोनालाई एट्लेटिकोसंग अंक खोस्न निकै कठिन देखिएको थियो । पाहुना टोली बार्सिलोनाका क्लेमेन्ट लेन्गलेटको हेड बललाई गोलकिपर जान ओब्लाकले बचाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस