मंसिर ७, एजेन्सी । क्रिस्टियानो रोनाल्डोको २ गोलले युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ । शनिबार राति युभेन्ट्सले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३८ औं मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफ सकिन तीन मिनेट अघि दोस्रो गोल थपेका थिए । युभेन्ट्सको जितमा दुवै गोल रोनाल्डोले गरेका थिए । यहि २ गोलले युभेन्ट्सलाई सिरि ए फुटबलमा सहज जित निकाल्न पर्याप्त बन्यो ।
जितसंगै युभेन्ट्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रोनाल्डोले यस सिजनको ८ गोल गरिसकेका छन । शीर्ष ५ क्लब मध्य युभेन्ट्सले एक खेल बढी खेलेको छ । युभेन्ट्सले चार खेलमा जित र चारमा बराबरीको नतिजा निकालेको छ । युभेन्ट्स यस सिजन सिरि एमा अपराजित छ ।