• २०८२ जेष्ठ ३० गते बिहिवार

लागु औषध गाँजा सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, मकवानपुर । मङ्गलबार बिहान ०३:०० बजेको समयमा प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्र.स.नि हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा १०४ के.जी लागू औषध गाँजा सहित मानिस पक्राउ गरेको हो ।

मकवानपुर जिल्ला मनहरी गा.पा. वडा नं, ६ स्थित लोथर खोलाको बगरको बाटोमा जिल्ला मकवानपुर राक्सिराङ गा.पा, ९ बस्ने बर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी, ऐ.ऐ,बस्ने बर्ष ३० को टलक बहादुर घलान र ऐ.ऐ, ४ बस्ने बर्ष २७ को मदन कोईरालाले प्लास्टिकको बोराको भारी बनाई बोकी ल्याएको भारी चेकजाँच गर्दा लागु औषध गाँजा १०४ किलो फेला परेको हुँदा निजहरुलाई लागु औषध गाँजा सहित पक्राउ गरी अनुसन्धान भइरहेको ।

प्रतिक्रिया दिनुहोस