भाद्र ६,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका ३ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका सिल गरिएको छ । बिहीबार स्वास्थ्य शाखाका एक,योजना शाखाका एक र एक जना चालकमा कोरोना पुष्टि भएपछि शुक्रवारबाट नगरपालिका सिल गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए ।

‘स्वास्थ्य सहितका अत्यावश्यक बाहेक सबै काम बन्द भएका छन् उनले भने,प्रशासनिक काम केही पनि भएको छैन। पोजेटिभ आएकाहरूको कनट्याक्ट ट्रेसिङको काम भइरहेको छ । ‘शुक्रवार नगर प्रमुख ममता प्रसाद चौधरी लगायत सङ्क्रमित तिन जनाको सम्पर्कमा आएका करिब ७७ जनाको स्वाब सङ्कलन गरेका छौ । सङ्क्रमण फैलिँदै गएसँगै अहिले आइसोलेसन तयार गर्दै छौ,’उनले भने ।