भदौ ६,कैलाली । कैलालीमा बन मुद्दामा फरार तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खोजतलास गर्दै जादा गौरीगंगा नगरपालिका ५ बाट ६ बर्षपछि १ लाख १३ हजार ४६ जरिवाना भई बन मद्दाका फरार ३ जनालाई प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा गौरीगंगा नगरपालिका ५ बस्ने बर्ष ३२ को हेमन्त साउद, ५३ को सन्त बहादुर खप्तडी मगर, ३० को दुर्गा भाट रहेका छन । पक्राउ परेका ऊनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।